बालुवाटारमा शीर्ष ३ नेता छलफलमा
मकालु खबर
२०८० साउन २४ गते
काठमाडौँ । प्रमुख ३ दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । संघीय संसदमा प्रमुख प्रतिपक्षी दलले गरिरहेको अवरोध खुलाउने, लिलिता निवास प्रकरणमा सर्वोच्च अदालतले दिएको पछिल्लो आदेशलगायतका विषयमा ३ शीर्ष नेताबीच छलफल हुने भएको छ ।
छलफलमा प्रधानमन्त्रीसँगै, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेताहरु कृष्ण सिटौला र रमेश लेखकलगायतका नेता सहभागी छन् ।
एक क्न्टिल सुन तस्करीको छानविन गर्न उच्चस्तरीय आयोग बनाउन एमालेले माग गरिरहेको छ । तर, सरकारले भने उक्त आयोग बनाउन सहमति देखाएको छैन । यही विषयमा विरोध गर्दै एमालेले संसद अवरोध गर्दै आएको छ ।
मकालु खबर
२०८० साउन २४ गते
प्रतिक्रिया
सम्बन्धित