इजिप्टलाई पर्यटनबाट १०.७ बिलियन अमेरिकी डलर राजश्व आम्दानी

काठमाडौँ । इजिप्टले पर्यटन क्षेत्रबाटमात्रै आर्थिक वर्ष २०२१/२०२२ मा १०।७ बिलियन अमेरिकी डलर राजश्व सङ्कलन गरेको छ ।

जुन २०२२ मा समाप्त भएको आर्थिक वर्ष २०२१/२०२२ मा इजिप्टले पर्यटन क्षेत्रबाट मात्रै १०.७ बिलियन अमेरिकी डलर राजश्व सङ्कलन गरेको हो । अघिल्लो आर्थिक वर्षमा ४.९ बिलियन अमेरिकी डलर राजश्व सङ्कलन गरेको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा इजिप्टले करिब १२० प्रतिशतले पर्यटन क्षेत्रबाट मात्रै राजश्व वृद्धि गरेको इजिप्टको आधिकारिक तथ्याङ्क प्राधिकरणले बुधबार घोषण गरेको हो । इजिप्ट भ्रमण गर्ने पर्यटकको सङ्ख्या २०२२ मा ११ करोड १७ लाख पुगेको छ । २०२१ मा इजिप्ट भ्रमण गर्ने पर्यटकको सङ्ख्या जम्मा ८० लाख रहेको थियो । गत आर्थिक वर्षको तुलनामा इजिप्टमा भ्रमण गर्ने पर्यटकको सङ्ख्या ४६।६ प्रतिशतले वृद्धि भएको इजिप्टको सेन्ट्रल एजेन्सी फर पब्लिक मोबिलाइजेशन एण्ड स्ट्याटिस्टिक्सको रिपोर्टमा उल्लेख छ ।

२०२२ मा इजिप्ट भ्रमण गर्ने पर्यटकहरूमा ६२‍.६ प्रतिशत युरोपेलीहरू रहेका थिए भने अरबी पर्यटकहरू २६.४ प्रतिशत थिए । त्यस्तै अमेरिकीहरू ५.८ प्रतिशत र बाँकी अन्य देशहरूबाट गएको पाइएको छ । सन् २०२० मा भने कोरोना भाइरसका कारण इजिप्टमा पर्यटकको सङ्ख्या घटेको थियो । सन् २०२१ पछि इजिप्टमा पर्यटकको सङ्ख्या फस्टाउँदै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *