सांसद शर्मालाई सीआईबी कार्यालय लैनचौर पुर्याइयो
मकालु खबर
२०८० साउन २५ गते
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले कांग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गरी सीआईबीको कार्यालय लैनचौर पुर्याइएको छ ।
सांसद शर्मालाई सीआईबीले आज अपरान्ह उनकै निवास गोल्फुटारबाट पक्राउ गरेको हो ।
शर्मालाई के कति कारणले पक्राउ गरियो भन्ने विषयमा प्रहरीले खुलाएको छैन । शर्माले एक क्विन्टल सुन तस्करी काण्डमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका थिए ।
सुन काण्डका दोषीलाई कारवाही नगरिए संसद भवनमै आमरण अनसन बस्ने समेत उनले चेतावनी दिएका थिए ।
मकालु खबर
२०८० साउन २५ गते
प्रतिक्रिया
सम्बन्धित