पुर्जीविनै सांसद शर्मा पक्राउ : संसदलाई छैन जानकारी, वकिललाई दिइएन भेट्न
काठमाडौँ । पक्राउ पुर्जीविना नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सांसद सुनिल शर्मालाई पक्राउ गरेको छ । शर्मालाई बिहीबार अचानक उनकै निवास गोल्फुटारबाट पक्राउ गरिएको हो । उलाई पक्राउ गर्ने विषयमा प्रहरीले संसद सचिवालयलाई पनि कुनै जानकारी दिएको थिए ।
बहालवाला सांसदलाई पक्राउ गर्नुअघि संसदलाई जानकारी दिनुपर्ने व्यवस्था छ । त्यस्तै, पक्राउ गरिसकेपछि सांसद शर्मालाई भेट्न उनको निजी वकिललाई समेत दिइएको छैन । सांसद शर्माले आफूलाई उत्तर कोरियाली शासकीय शैलीमा पक्राउ गरेको प्रतिक्रिया दिएका छन् । आफूले सुन तस्करी प्रकरणमा नैतिकताका आधारमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताएपछि रिसइबी सादिएको पनि उनको भनाइ छ ।
सुनकाण्डका दोषीलाई पक्राउ गरी कारवाहीको दायरामा नल्याए संसदमै अनसन बस्ने चेतावनी समेत उनले केही दिनअघि दिएका थिए ।