धनगढीको ‘मेरी स्टोप’मा गर्भपतन गराउन जाँदा प्रिती थापाको मृत्यु

काठमाडौँ । कैलालीको धनगढीमा गर्भपतन गराउने औषधि खाँदा अत्यधिक रक्तस्राव भएर एक महिलाको मृत्यु भएको छ । धनगढीको अस्पताल लाइनको मेरी स्टोप सामुदायिक क्लिनिकबाट गर्भपतन गराउने औषधि किनेर खाएकी धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया प्रिती थापाको बिहीबार मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दकाअनुसार थापाले बिहीबार बिहान मेरी स्टोप सामुदायिक क्लिनिकबाट किनेर गर्भपतन गराउने औषधि खाएकी थिइन् । औषधि खाएपछि रक्तस्राव भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो ।

उनको उपचारका क्रममा प्रादेशिक अस्पतालमै मृत्यु भएको हो । मृतकका आफन्तले क्लिनिकले जथाभाबी औषधि दिएपछि महिलाको मृत्यु भएको आरोप लगाएका छन् । घटनापछि फरार भएका क्लिनिक सञ्चालक गोदावरी नगरपालिका–२ बस्ने २५ वर्षीय विनोद जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *