साउने झरीले रुझायो दैनिकी (तस्बिरहरु)
मकालु खबर
२०८० साउन २८ गते
काठमाडौँ । ‘ए झरी, नझरिदेउ यसरी’ भने झै नवीन के भट्टराईले गाएको यो लोकप्रिय गीतको बोल जस्तै भएको छ अहिले काठमाडौँसहित देशका धेरै स्थानको मौसम । काठमाडौँ उपत्यकालगायत देशका अधिकांश ठाउँमा मौसमको बदलावले कतै हावा हुरीसहित पानी र कतै निरन्तर झरी परिरहेको छ । यो झरी सोमबारसम्म जारीरहने जल तथा मौसम विभागले जानकारी दिएको छ । केही दिनअघि मात्रै उपत्यकामा निरन्तर पानी परेकाले बागमती, बिष्णुमती, धोबिखोलाको बहाव उच्च थियो । यी खोलामा फेरि पानीको बहाब उच्च हुन थालेको छ । कतिपय स्थानमा बाढी पनि पसेको थियो । हिजोदेखि परिरहेकाले फेरि नदिको स्तर बढाउने हो कि भन्ने चिन्ता पनि छ । साउने झरीमै रुझेर मानिस आफ्ना दैनिकीका लागि गन्तव्यतर्फ निस्किरहेका देखिन्छन् ।
हेरौँ तस्बिरहरु
मकालु खबर
२०८० साउन २८ गते
प्रतिक्रिया
सम्बन्धित