प्रधानमन्त्रीले माफी र गृहमन्त्रीले राजीनामा नदिए आमरण अनशन बस्छु : डा. सुनिल शर्मा (भिडिओ)

सत्तारुढ नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन् ।

आफूलाई गैर कानुनी रूपमा थुनामा राखेकाले गृहमन्त्री श्रेष्ठले बिना शर्त तत्काल राजीनामा दिनुपर्ने उनको जिकिर थियो ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री श्रेष्ठले तत्काल राजीनामा नदिए आफूले आमरण अनसन बस्ने चेतावनी समेत दिए । त्यसपछि परिस्थिति अनुसार आफूले थप भनाई राख्दै जाने पनि सांसद शर्माले बताए । गृहमन्त्री श्रेष्ठले आफूलाई आतंककारी जस्तो बनाएर पक्राउ गरेकाले बिना शर्त राजीनामा दिनुपर्ने उनको माग छ ।

उनी भन्छन्, ‘जसले मलाई निहत्था, निर्दोष मान्छेलाई आतंककारीको हिसाबले यो राज्यसत्ताले बिना पक्राउ पुर्जी मेरो घरबाट पक्राउ गरेर कस्टडीमा राखिराखेको बेलामा सबै सांसदहरूले पक्ष, प्रतिपक्ष नभनीकन यो सदनमा हुनुभएका सबै सांसदहरूले आफ्ना आवाजहरूलाई बुलन्द गर्नुभयो । र, मलाई छुटाउनका निम्ति सहयोग गरिदिनु भएकोमा मेरो हृदयको अन्तस्करणका उहाँहरूलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । नमन गर्न चाहन्छु । त्यसपछाडि सभामुख महोदयमार्फत बिपी कोइरालाको आत्मालाई सम्मान गर्दै न्याय पूर्तिहरूले, न्यायालयले मलाई दिनुभएको न्याय, कष्टकीबाट रिलिज गर्नुभएकोमा म यो सदनमार्फत, सभामुखमार्फत न्यायालयलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । सर्वप्रथम नाजीहरू कम्युनिष्ट सिद्ध्याउन आए । म मौन बसेँ । किनभने म कम्युनिष्ट थिइन । त्यसपछि उनीहरूले यहुदीहरूलाई आँखा लगाए । मैले केही बोलिन । किनभने म यहुदी पनि थिइन । पछि उनीहरू प्रोसेन्टटेडहरुलाई सखाप पार्न आए । म क्याथोलिक थिए । त्यसैले म केही बोलिन । अन्ततः ती मलाई लिन आए । तर, त्यतिन्जेल कसैका लागि बोलिदिने कोही बचेकै थिएनन् । यो पादरी मार्टिन भन्ने जर्मन कविले लेख्नुभएको कविता हो । सभामुख महोदय, मेरो घटनाको विवरण कस्तो छ भने २५ गते करिब २ः१५ मा २ जना अज्ञात मान्छे सिभिल ड्रेसमा मेरो घरमा आउनुभयो । र, मलाई उहाँहरूले हामी सिआईबीबाट आएको भनेर भन्नुभयो । मलाई तपाईँहरूले राख्ने गरी लानुहुन्छ होला । म कपडा बोकौँ भने । हुन्छ बोक्नुस् भन्नुभयो । मैले कपडाहरू प्याक गरेँ । म कोठामा जाँदा पनि उहाँहरूले छोड्नुभएन । कोठामै जानुभयो । अनि मैले कपडा लगाएँ । र, म हिँडे । त्यति बेला मेरो दिमागमा पक्राउ पुर्जी माग्नुपर्छ भन्ने पनि आएन । त्यसपछि एक जना पत्रकार साथी माधव चौलागाईं भन्ने मित्रले मलाई सम्झाउनु भयो । अजयबाबु शिवाकोटी भन्ने मेरो केन्द्रीय सदस्यले पनि सम्झाउनु भयो । सभामुखको स्वीकृति छ कि छैन ? नम्बर वान । नम्बर २ पक्राउ पुर्जी दिएको छ कि छैन ? दुवै कुरा थिएन । बीच बाटोमा आएपछि मैले मागे । मैले मागे, उहाँहरूले दिनुभएन । मलाई पौने ३ बजेतिर घरबाट गिरफ्तार गरिएको थियो । मलाई लगेर एम्बाष्टर होटेल छेउको एउटा खालि घरमा म एउटा मात्रै मान्छेलाई त्यहाँ भित्र राखियो । र, ५ बजेर ५२ मिनेट जाँदा पटक पटक मैले झगडा गरेपछि मैले भने मलाई पक्राउ पुर्जी दिनुपर्छ । म यो लोगो सांसदको लोगो हो । म देखाउन चाहन्छु । म क्रिमिनल होइन, अपराधी होइन । मैले बलात्कार गरेको होइन । मैले चोरी गरेको होइन । तपाईँको आरोप के हो ? मैले थाहा पाऊँ । र, मैले सुन तस्करी गरेको छैन । मैले के कारणले गिरफ्तार भएको छु भन्ने कुरा थाहा पाउनु अधिकार हो भनेपछि बल्लबल्ल उहाँहरूले ५ बजेर ५२ मिनेट जाँदाखेरी ३ घण्टाको फरकमा मलाई एउटा पत्र दिनुभयो । त्यो समय पनि मैले नोट गरेको छु सभामुख महोदय । त्यो पत्रमा समय नलेख भनेर मलाई उहाँहरूले भन्नुभएको थियो । मैले रिसिभको समय लेख्छु भने । त्यसपछि उहाँहरूले लाने बेलामा मैले भने म मिडियामा बोल्छु भने उहाँहरूले दिनुभएन । हातपात गर्नुभयो । सभामुख महोदय, मलाई हातपात गर्नुभयो । त्यसपछाडि मलाई एउटा गाडीमा राखेर साँझमा राति करिब ८÷९ बजेतिर मलाई प्रहरी तालिम केन्द्र सिबिआईको अफिसमा लैजानु भयो । त्यहाँ लगिसकेपछि अहिलेको सुन तस्करीमा मुछिएका दावा भन्ने जो साथीहरू छन् । तिनीहरू र ललिता निवास काण्डमा परेका साथीहरू, जहाँ अपराधी मानिसहरूलाई राखिन्छ, त्यही कष्टडीमा रात भरी थुन्नुभयो । त्यही राख्नुभयो । र, पहिला त मलाई एआइजी साबले खाना त घरबाट ल्याउन पाइँदैन भन्नुभयो । मैले भने–म अलिकति बिरामी छु । मलाई डाईरिया भइराखेको छ । फिवर आइराखेको छ । त्यस कारणले मलाई घरबाट खान ल्याउने अनुमति दिनुप¥यो भनेपछि अनि उहाँले मान्नुभएन । करिब करिब आधा घण्टा उहाँसँग मेरो भनाभन भयो, लामो डिस्कसन भयो । मैले अन्तिममा उहाँलाई के भने भने–तपाई मलाई खान दिनुहुन्न भने निर्वस्त्र अण्डरवेयर लगाएर आमरण अनसन बस्छु भनेर मैले उहाँलाई भने । त्यो भनेपछि उहाँले खानेकुरामा एलाउड गर्नुभयो । र, पछि घरबाट खाना आयो । म खाना खाएर राति करिब १२ बजेतिर त्यहाँ सुतेँ । भोलीपल्ट उठेँ । भोलिपल्ट मलाई जिल्ला अदालत लैजाने तयारीमा हुनुहुन्थ्यो । मलाई के पनि थाहा थिएन भने हिरासतमा राख्नका लागि अर्को पत्र दिनुपर्दो रहेछ । त्यो पनि मलाई थाहा थिएन । तर उहाँहरूले मलाई जब भेनमा चढाउनु भयो, करिब ३ बजेर एराउण्डमा । भेनमा चढाइसकेपछि भित्र बोलाउनु भयो । अनि, मलाई यो पत्रमा साईन गर्नुुस् भन्नुभयो । मैले साईन गरेँ । फेरि मैले त्यो पत्रमा पनि समय लेखेँ । करिब २४ घण्टापछि मलाई हिरासतमा राख्ने पत्र दिनुभयो । मैले त्यो समय पनि नोट गरेको छु सभामुख महोदय । र, अदालत गइयो । सरकारी वकिलको पुगेपछि पनि मलाई हातपात गर्नुभयो बाहिरपट्टी । किन गर्नुभएको रहेछ त भन्दा खेरी त । त्यो जुन पत्र छ । त्यो उहाँहरूले अघिल्लो दिन नै दिनुपर्ने पत्र रहेछ । मलाई हातपात गर्नुभयो । कोटमा भएको सबै कागज थुत्नुभयो । तर, लक्कीले त्यो पत्र मैले सर्टको गोजीमा राखेको रहेछु । यहाँ उहाँहरूले हात लगाउनु भ्याउनु भएनछ । त्यो पत्र जोखियो । र, पछि मैले बाटोमा मेरो बकिललाई दिए लुकाएर । र, त्यो मैले अदालतमा पेस गरेँ । र, सभामुख महोदय, त्यसपछि मैले सरकारी वकिलको अफिसमा गएपछि वकिलको डायरीमा मैले नोट गराएँ । कि मलाई यहाँ बाहिर पटी हातपात भएको छ । त्यहाँ पनि हातपात भएको छ । उहाँहरूले मान्नुभएको थिएन । मैले मेरो कुरा न्यायमूर्ति भएकाले तपाईँहरूले दर्ज गर्नुपर्छ भने । र, उहाँले लेखिदिनु भयो । सभामुख महोदय, यो देश विधानको अधिनको रहेर, प्रजातान्त्रिक व्यवस्था अन्तर्गत नेपाली जनताले मत दिएर चुनिएर यो संसद्मा आएको सभासद् हो म तपाईँहरू जस्तै । र, यो डेमोक्रेटिक प्रोसेसको निम्ति हाम्रा अग्रजहरू बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहजस्ता धेरै हाम्रा नेताहरूले वर्षौैं वर्षसम्म जेल सजाय भोगेर ल्याएको डेमोक्रेटिक सिस्टम हो यो । र, त्यो सिष्टम भित्रको म सांसद हुँ । आदरणीय सभामुख महोदय । यो राज्य सत्ताले जब मैले यो मुलुकका सुन तस्करका नाइकेहरूको अथवा त्यहाँ संलग्न वा त्यसमा नैतिक रूपमा संलग्न मान्छेहरूको जब यो सदनमा राजीनामा मागे, तब मलाई यो गिरफ्तारी गर्ने काम गरियो । भनेपछि यो देशको गृहमन्त्री, यो देशको प्रधानमन्त्री, यो देशको प्रधानमन्त्री र गृहमन्त्री आतंककारीहरुको सरकारको नेतृत्व गर्दै हुनुहुन्छ कि डमोक्रेटिक सरकारको नेतृत्व गर्दै हुनुहुन्छ ? सभामुख महोदय, नियमापत्ति गर्न पाउनु हुन्छ उहाँहरूले । तर मैले सकेपछि । सभामुख महोदय, मेरो माग के हो भने–यो प्रजातान्त्रिक सिस्टममा बोल्न पनि पाइँदैन भने, यो प्रजातान्त्रिक सिष्टममा सदन भित्र नैतिक हैसियत भएन भनेर तपाईँहरूको राजीनामा माग्न पाइँदैन भने हामी जस्ता सभासदहरुहरुालाई बिना पक्राउ पुर्जी एरेष्ट गरिन्छ भने अनि जनताको अवस्था के होला ? त्यस कारणले मेरो माग के हो भने अहिलेको गृहमन्त्री, जसले मलाई आतंकारी जस्तो बनाएर एरेष्ट गर्नुभयो, उहाँले बिना शर्त राजीनामा गर्नुपर्छ । यो मेरो अहिलेदेखि अन्तिमसम्म यो माग रहनेछ । र, त्यतिन्जेल सम्मका निम्ति मे फेरि पनि म पुनश्च: मेरो पुरानो स्ट्याण्डलाई सभामुखमार्फत दोहो¥याउन चाहन्छु । यदि गृहमन्त्रीले राजीनामा गर्नुहुन्न । यो राज्यसत्ता चलाएका प्रधानमन्त्रीहरुले यसमा काम गर्नुहुन्न भने म आमरण अनसन डिक्लिएर गरिदिन्छु । म हेर्छु, के हुन्छ ? त्यसपछि भन्छु । ’

सांसद शर्माले लोकतान्त्रिक मुलुकको सांसदलाई बिना पक्राउ पुर्जी पक्राउ गर्न पाइन्छ ? भनेर समेत पटक पटक प्रश्न गरे । पक्राउ गर्ने क्रममा प्रहरीले आफूमाथि दुई, दुई पटक हातपात समेत गरेको सांसद शर्माले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *