टक्सार विभागमा तस्करीको सुन जोख्न सुरु

काठमाडौं । तस्करी भई आएको सुन गालेर जोख्न सुरु गरिएको छ । २ साउनमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको मोटरसाइकलको ‘ब्रेक शु’ मा लुकाएर ल्याएको उक्त सुन गालेर जोख्न सुरु गरिएको हो ।

उक्त सुन तस्करीबारे हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले अनुसन्धान गरिरहेको छ । ब्रेक शुबाट सोमबार अलग गरिएको सुन ६० किलोभन्दा केही बढी तौल भएको थियो । मंगलबार भने विभागमा उक्त सुनलाई गालेर पुन ढिक्का बनाइ जोख्न लागिएको हो ।

सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरा सुन जोख्न थालिएको हो ।

ब्रेक शुसहित नै जोख्दा उक्त सुनको परिमाण १५५ किलो भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *