विश्वासको मतका लागि कोशीमा हाम्रा सांसदलाई मन्त्री र १० करोडको अफर आयो : राजेन्द्र लिङ्देन

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गठबन्धन सरकारले विश्वासको मत लिनुअघि सांसद खरिदको प्रयास भएको बताएका छन् ।

लिङदेनले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत प्रदेश सभा सदस्यलाई मन्त्री र १० करोड रुपैयाँको प्रस्ताव गरेको बताएका हुन् ।

उनी लेख्छन्, पूर्वमा विश्वासको मत लिने दिनको टुंगो भएसँगै खरिदेहरु प्रदेश सभा सदस्यहरूको घरदैलोमा गएर मन्त्री र रु.१० करोडको प्रस्ताव गर्दैछन् भन्ने हल्ला KTM सम्मै आइपुग्यो त।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले भदौ ४ गते विश्वासको मत लिने कार्यक्रम रहेको छ । गठबन्धनसँग ४७ सीटको बहुमत भए पनि उपसभामुख एमालेको भएकाले उनी अनुपस्थित भएमा वा राजीनामा दिएमा र अन्य पार्टीका ज्येष्ठ सदस्य पनि अनुपस्थित भएमा सभाको अध्यक्षता सत्तापक्षका सांसदले गर्नासाथ बहुमत पाउने छैनन् ।

निर्णायक शक्ति बनेको राप्रपाले कोशीमा मात्र सत्ता साझेदारी नगर्ने भन्दै विश्वासको मत नदिने बताइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *