पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो
मकालु खबर
२०८० भदौ ६ गते
काठमाडौँ । त्रिशूली नदीमा बस खसेको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका २ स्थित चालिसेमा दुर्घटना भई त्रिशूली नदीमा खसेको हो ।
बस करिब १० बजेर ४० मिनेट जाँदा त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए । दुर्घटनास्थलमा अहिले उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।
बस नम्बर र बसमा कति यात्रु थिए भन्नेबारे खुल्न बाँकी छ ।
मकालु खबर
२०८० भदौ ६ गते
प्रतिक्रिया
सम्बन्धित