नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गयो : शेखर कोइराला

नेपाली काँग्रेसका नेता डा। शेखर कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको बताएका छन्।

बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले सुन तस्करी, ललिता निवास प्रकरण, नक्कली भूटानी शरणार्थी लगायतका घटनाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको संकेत गर्ने बताए।

उनले भने, ‘ नेपालमा एकपछि अर्को अपराधको घटना आउन थालेको छ, अपराधको घटनामा विदेशी नागरिक समेत देखिनुले अन्तर्राष्ट्रिय तस्करहरुको अखडा बन्दै गएको मैले बुझेको छु।’

अहिले देखिएका घटनाहरुले विश्वस्तरमा नेपालको साख गिर्दै गएको समेत कोइरालाले बताए। सुन तस्करी, ललिता निवास प्रकरण, नक्कली भूटानी शरणार्थी लगायतका घटनाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको कोइरालाको भनाई छ।

उनले अपराध र भ्रष्टाचार रोक्न नेपाली काँग्रेसले राजनीतिक रुपमा अग्रसरता लिएर अघि बढ्नुपर्ने बताए ।

राजनीतिक रुपमा अग्रसरता लिन काँग्रेस बाहेक अरुले नसक्ने उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *