सबै धर्मलाई बराबर ठान्छु, उचित सम्मान गर्छु : हर्क साम्पाङ
मकालु खबर
२०८० भदौ १० गते
काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सबै धर्मलाई बराबर ठानेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत सबै धर्मलाई बराबर ठान्ने र उचित सम्मान गर्ने बताएका हुन् ।
अरू धर्मलाई कुल्चन नहुने पनि उनले बताए । ‘तिमी र म मा फरक: तिमी एउटा धर्मलाई प्रधानता दिन्छौ र अरू धर्मलाई कुल्चन खोज्छौ,’ उनले भनेका छन्, ‘म सबै धर्मलाई बराबर ठान्छु र उचित सम्मान गर्छु ।’
मेयर साम्पाङले आफूले धरानलाई अशान्त होइन, आकर्षक गन्तव्य बनाउने खोजेको बताए । उनी अगाडि भन्छन्, ‘तिमी बाहिरका मान्छे ल्याएर आन्दोलन र काटमार गराएर धरानलाई अशान्त बनाउन खोज्छौ ! म बाहिरका मान्छेलाई आकर्षित गरेर नगरकै विकासमा श्रमदान गराउँछु !’
मकालु खबर
२०८० भदौ १० गते
प्रतिक्रिया
सम्बन्धित