समीक्षा अधिकारीले दिइन् प्रहरीमा निवेदन

गायिका समीक्षा अधिकारीले कास्की जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छन् । उनले चार जनालाई प्रतिवादी बनाई आइतबार साइबर अपराधसम्बन्धी उजुरी दर्ता गरेकी हुन् ।

उनले ताजा खबर, ग्लोबल नागरिक, हाम्रो लर्निङ सेन्टर र रुटिन अफ बुटवल बन्द नाम गरेको फेसबुक पेजबाट आफ्नो इज्जत प्रतिष्ठामाथि आँच आउने कार्य गरेको बताएकी छन् । उनले निवेदनमा लेखेकी छन्, ‘मेरो विषयमा अतिरञ्जित कुराहरू लेखी हुँदै नभएको कुराहरू, बिनाप्रमाण, विभिन्न समाचारहरू प्रेषित गरी फेसबुकमा ताजा खबर, ग्लोबल नागरिक, हाम्रो लर्निङ सेन्टर र रुटिन अफ बुटवल बन्द नाम गरेको फेसबुक पेजबाट मेरो इज्जत प्रतिष्ठामाथि आँच आउने कार्य गरी समाचार लेखी पोस्ट गरेको र कुनै प्रमाण नभई बिनाआधार जे मन लाग्यो त्यही कुराहरू लेखी पोस्ट गरेको हुँदा उक्त फेसबुक पेज चलाउने व्यक्तिहरूलाई खोजतलास गरी कानुनी कारबाही गरी पाउँ ।’

उनले कसैको वास्तविक कुरा नबुझी आफ्नो सञ्जाल प्रचारको लागि कसैको जिन्दगीसँग खेलबाड गर्नु जघन्य अपराध हो भन्दै सबै सञ्चारमाध्यमलाई पनि यथार्थ बुझेरमात्र समाचार सम्प्रेषणको आग्रह गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *