मविरुद्ध षड्यन्त्र भयो, सत्यतथ्य छानविन होस् : नम्रता श्रेष्ठ
काठमाडौं । कलाकार नम्रता श्रेष्ठले सारुक ताम्राकारले आत्महत्या गरेपछि आफूविरुद्ध मिडियामा आएका कपोलकल्पित समाचारहरू प्रति घोर भर्त्सना गरेकी छन् ।
सोमबार बिहान कलाकार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत् पत्रकारिताको घोर भर्त्सना गरेकी हुन् ।
कलाकार सारुक ताम्राकारले गत असार २१ गते आत्महत्या गरेका थिए । उनको निधनपश्चात् विभिन्न मिडियाले कलाकार श्रेष्ठ विरुद्ध समाचार सम्प्रेषण गरेका थिए । तिनै समाचारप्रति उनले आपत्ति जनाएकी हुन् ।
कलाकार श्रेष्ठले उतिबेलै आफूले प्रहरीको अनुसन्धान बिथोलिएला भनेर यस विषयमा केही पनि नबोलेको स्पष्ट पारेकी छन् ।
अनुसन्धानले दूधको दूध र पानीको पानी छुट्याउने उनको भनाइ छ ।
मिडियामा आएको कालो बोका र बुटीको कुरालाई लिएर कलाकार श्रेष्ठले एक्काइसौं शताब्दिमा यस्तो रूढीवादी कुरा गर्नु युक्तिसंगत हुन्छ होला भन्दै प्रश्नसमेत गरेकी छन्।
उनले प्रहरीकोमा गएर आफूले बयान दिएको पनि बताएकी छन् ।
साथै उनले स्वर्गीय कलाकार सारुकप्रति हार्दिक श्रद्धाञ्जली दिँदै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना पनि व्यक्त गरेकी छन् ।