सुजुकीले नेपालमा सुरु गर्यो जिम्नीको डेलिभरी सेवा
काठमाडौँ । नेपालका लागि सुजुकी व्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजि र होल्डिङ अन्तर्गतको अटोमोटिभ डिभिजन सिजि र मोटोकोर्प तथा सिजी र नेक्स्टजिन ले एसयूभी जिम्नी ‘द अल्टिमेट अफ रोदर’ को डेलिभरी सुरु गरेको छ । यो सेवा नेपाल नेपाल अधिराज्यभरीका शोरुमहरुबाट सुचारु हुनेछ ।
जिम्नी नेपालको सबैभन्दा प्रतिक्षित गाडी मध्ये एक हो । ट्रु अफ–रोड एसयूभी जिम्नीले ५० वर्ष भन्दा बढीको विरासतको गर्व गर्दछ ।
सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो जुन हेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ । यसलाई बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ ।
यो एसयूभी एक समर्पित उन्नत ४ डब्लुडि प्रणाली, अल ग्रिप प्रो संग आउँदछ भने ब्रेक लिमिटेड स्लिप डिफरेंशियल र ३ लिङ्क रिगिड एक्सली सस्पेन्सन जस्ता अफ–रोड सुविधाहरू समावेश छन् । अफ–रोड बाटोको लागि उत्तम हुने गरी डिजाइन र निर्मित, जिम्नीमा २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू समावेश गरिएको छ ।
कम्पनीका अनुसार ५–ढोके सुजुकी जिम्नीको भारतमा निकै राम्रो माग रहेको छ, जसको कारण यसको वेटिंग पिरेड पनि निकै लामो छ । यो नेपाली ड्राइभिङ कन्डिसनको लागि सबैभन्दा उपयुक्त एसयूभी भएकोले ग्राहकले नेपालमा छिटो उपलब्ध गराउन विशेष अनुरोध गरेका थिए । जसकारण भारतमा भन्दा कम वेटिंग पिरेडमा पहिलो ब्याच डेलिभर गरेका छ ।
नेपाली ग्राहकहरूले नयाँ जिम्नीसँग नयाँ अनुभवहरू सिर्जना गर्ने र त्यस अनुभवलाई अभिवृद्धि गर्न कम्पनीले विभिन्न जिम्नी–केन्द्रित गतिविधिहरु पनि निकट भविष्यमा लन्च गर्ने विश्वास कम्पनीले लिएको छ ।