सारुकको आत्महत्याबारे छानबिन गर्न नम्रता श्रेष्ठको माग
मकालु खबर
२०८० भदौ ११ गते
काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले अभिनेता सारुक ताम्राकारको मृत्य प्रकरणमा प्रहरी प्रशासनलाई सहयोग गर्न तयार रहेको बताएकी छन् ।
सोमबार फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफू महिला भएकाले आफूमाथि सामाजिक आक्रमण भएको उल्लेख दाबी गरेकी छन् ।
‘अनुसन्धानलाई प्रभाव पार्ने काम कोही कसैबाट नगरौँ, जस्टिस फर सारुक निष्पक्ष छानबिन होस,’ उनले भनेकी छन्, ‘म र मेरो परिवारको तर्फबाट प्रहरी प्रशासनलाई अनुसन्धानको सवालमा पूर्ण सपोर्ट रहने छ ।’
कपोकल्पित तवरले देशै छाडेर क्यानडातिर गएको जस्ता फण्डाहरू फिजाइएको तर आफू कही नगएर देशमै रहेको उनको प्रष्टोक्ति छ ।
मकालु खबर
२०८० भदौ ११ गते
प्रतिक्रिया
सम्बन्धित