श्रीमान्‌सँग ठाकठुकपछि कञ्चनले पेट्रोल छर्केर आफ्नै शरीरमा लगाइन् आगो

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा एक महिलाले आफ्नै शरीरमा आगो लगाएकी छन् ।

बुधबार दिउँसो ३ बजे चितवन घर भई गैँडाकोट–२ एसपिएम चोकनजिक डेरामा बस्ने २३ वर्षीया कञ्चन कुमालले शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले बताए ।

श्रीमान्‌सँग सामान्य झैझगडा हुँदा आफ्नै कोठामा भित्रबाट चुकुल लगाई शरीरमा पेट्रोल छर्की आगो लगाई घाइते भएको पौडेलले बताए । उनको अनुहारलगायत शरीरको माथिल्लो भाग जलेको प्रहरीले जनाएको छ ।

घाइते कुमालको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *