८० औँ भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल सुरु

२०८० भदौ १४ गते

काठमाडौँ । ८० औँ भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल बुधवारबाट सुरु भएको छ ।
फेस्टिभलमा २३ चलचित्रहरू प्रतिस्पर्धामा छन् । यस वर्षको कार्यक्रम भेनिस लिडोमा अगस्ट ३० देखि सेप्टेम्बर ९ सम्म हुनेछ । फेस्टिभल उद्घाटन इटालियन निर्देशक एडोआर्डो डे एन्जेललिसको फिल्म कमोन्डेन्टेबाट भएको छ ।
मुख्य निर्णयकमा डेमियन चाजेल छन् । मुख्य प्रतियोगितामा देखाइएका चलचित्र बाहेक १९ वटा फिक्शन फिल्म तथा डकुमेण्ट्री, दुई टेलिभिजन शृङ्खला र एउटा लघुचित्र प्रतियोगिता छन् ।

२०८० भदौ १४ गते
प्रतिक्रिया
सम्बन्धित