रक्षा मन्त्री खड्का छाउनी अस्पतालमा भर्ना, प्रोस्टेटको शल्यक्रिया सफल

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीमा उपचारार्थ भर्ना भएका छन्।

उनी प्रोस्टेटको शल्यक्रियाका लागि अस्पताल भर्ना भएका हुन्।

अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी प्राध्यापक डा भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक टोलीले उनको प्रोष्टेटको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको छ।

शल्यक्रियापश्चात अस्पतालको वार्डमा रहेका रक्षामन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रा डा भण्डारीले जानकारी दिए।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उनी केही दिन अस्पतालमै रहने जनाउँदै हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताए।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रोस्टेट (बीपीएच)को शल्यक्रिया गराएका खड्कालाई छाउनीस्थित सैनिक अस्पतालमा पुगेर प्रधानमन्त्री प्रचण्डले शिघ्र स्वास्थ्यलाभको कामना गरेका हुन्।

बुधबार भर्ना भएका उनको सोही दिन शल्यक्रिया गरिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *