आज शनिबार : देशभरका घटना अपडेट
हत्या गरेको अभियोगमा एक जना पक्राउ
काठमाडौं काँडाघारी बस्ने दोलखा मेलुङ गाउँपालिका-१ घर भएका २८ वर्षीय निर्मल बुढाथोकीको हत्या गरेको अभियोगमा दोलखा सैलुङ गाउँपालिका-८ घर भएका २६ वर्षीय सुजन उप्रेतीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
बेथानचोक गाउँपालिका-२ स्थित ढोलखोलामा मंगलबार बिहान निर्मल बुढाथोकी मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा सुजन उप्रेतीको संलग्नता रहेको खुल्न आएपछि ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले प्रहरी वृत्त लैनचौरको सहयोगमा काठमाडौं ढल्कुबाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरू लागू औषध गाँजा खरिद गर्नको लागि बेथानचोक गएकोमा आपसी वादविवादको क्रममा सुजनले निर्मलको हत्या गरेको खुल्न आएको हो । साथै बेथानचोकस्थित तिर्थराज तिमल्सिनाको घरमा बास बसेको खुल्न आएपछि तत्काल प्रहरी टोली खटिई गई तलासी गर्दा तिर्थराजको घरबाट सुजनको झोला, पासपोर्ट तथा अवैध लागू औषध गाँजा जस्तो देखिने पदार्थ ९ केजी ७७ ग्राम फेला पारी तिर्थराज समेतलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काभ्रेपालाञ्चोकबाट सुजन उपर ज्यान सम्बन्धी कसूर मुद्दामा ५ दिन र तिर्थराज उपर लागू औषध सम्बन्धी कसूर मुद्दामा ७ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध लागू औषधसहित तीन जना पक्राउ
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागू औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्रामसहित राप्तीसोनारी गाउँपालिका-४ बैजापुर बस्ने २८ वर्षीय कमबहादुर थारू र १ ग्रामसहित सोही उपमहानगरपालिका-१८ भुजई गाउँ बस्ने ४१ वर्षीय गया प्रसाद धोबीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालगंजतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
पर्सा, जगरनाथपुर गाउँपालिका-४ मथुरा चोकबाट अवैध लागू औषध गाँजा १० केजी १ सय ९० ग्रामसहित सोही गाउँपालिका-४ कदमिया टोल बस्ने ५० वर्षीय चन्द्रिका मुखियालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
चोरीमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ
सुनवर्षी नगरपालिका-९ डाईनियास्थित मनिस ज्वेलर्सबाट सुन तथा चाँदीका विभिन्न गरगहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा रतुवामाई नगरपालिका-५ बस्ने २२ वर्षीय संजय पासवानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँ बस्ने ब्रिज लाल सोनारको उक्त ज्वेलर्सबाट शुक्रबार बिहान करिब ३ लाख ४७ हजार ८ सय ४० रुपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गरगहना चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रँगेलिबाट खटिएको प्रहरीले चोरीमा संलग्न पासवानलाई सुनवर्षी नगरपालिका-९ डाईनियाबाट पक्राउ गरेको हो । साथै उनको साथबाट फलामको रड २ थान, फलामको कैची र नियन्त्रित लागू औषध नाईट्राभेट ३४ ट्याब्लेट समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १७ जना पक्राउ
काठमाडौं, टोखा नगरपालिका-८ जाल्पा चोक डेरा गरी बस्ने गोरखा घर भएका पूर्णमाया गुरूङको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने फुलमाया तामाङ समेत ८ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८९ हजार ५ सय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, कीर्तिपुर नगरपालिका-२ कीर्तिनगर डेरा गरी बस्ने रामेछाप, रामेछाप नगरपालिका-१४ घर भएका ५० वर्षीय पटक गम्बिर अधिकारीको खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा अधिकारी समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ७ सय ६० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
झापा, दमक नगरपालिका-२ बस्ने रोजन गहतराजको सुन पसलमा जुवातास खेलिरहेको अवस्थामा गहतराज समेत ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १८ हजार ९ सय ८० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सुन जस्तो देखिने पहेंलो धातुसहित एक जना पक्राउ
गोसाईकुण्ड गाउँपालिका-२ स्थित नेपाल-चीन सिमानाका रसुवागढी मितेरी पुलबाट करिब १ केजी तौलको सुन जस्तो देखिने पहेंलो धातुसहित सोही गाउँपालिका-३ बस्ने ४१ वर्षीया पाछेमु तामाङ (गुरूङ) लाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय टिमुरे, सशस्त्र प्रहरी बल नेपाल र रसुवा भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले चीनबाट नेपालतर्फ आउँदै गरेकी उनलाई जाँच गर्ने क्रममा जुत्ताभित्र लुकाई छिपाई ल्याएको ४ वटा टुक्रामा रहेको उक्त धातु फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
सिरहा नगरपालिका-१७ माडर काली चोकबाट स्रोत नखुलेको नगद ४४ लाख नेपाली रूपैयाँसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिरहा नगरपालिका-७ हेमनारायण चोक बस्ने ४२ वर्षीय संजय कुमार साह र सोही नगरपालिका-१७ माडर बस्ने ५२ वर्षीय प्रेम कुमार यादव रहेका छन् । ईलाका प्रहरी कार्यालय माडर र प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरीले भारत जयनगरबाट नेपालतर्फ आउँदै गरेको बिआर ७ सि ४२२४ नम्बरको कारलाई जाँच गर्ने क्रममा सिटमुनी घर्रा जडान गरी घर्राभित्र लुकाई छिपाई ल्याएको उक्त नगद फेला पारी कारका चालक संजय र कारमा सवार प्रेमकुमारलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
वेवारिसे अवस्थामा रहेको भरूवा बन्दुक बरामद
राजपुर गाउँपालिका-१ सिरिया नाकास्थित जंगलमा वेवारिसे अवस्थामा रहेको भरूवा बन्दुक १ थान शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट सिरियानाकाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
सिरहा, लहान नगरपालिका-२३ करैयाटोल बस्ने ६० वर्षीया फुलेश्वरी देवी यादव सोही ठाउँस्थित नर्सरी महादेव वन समुदायको अगाडि शुक्रबार मृत अवस्थाम फेला परेकी छिन् । भदौ १४ गते भैंसी चराउन गएकी उनी घर नफर्किए पछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।
काभ्रे, रोशी गाउँपालिका-११ स्थित रोशी खोलामा सोही गाउँपालिका-९ बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपलिका-५ घर भएका ६२ वर्षीय जित बहादुर गुरूङ शनिबार मृत अवस्थामा फेला परेका छन् ।
रूपन्देही, देवदह नगरपालिका-१२ प्रगतिनगर बस्ने ४३ वर्षीय सोम प्रसाद ज्ञवाली आफ्नै घर पछाडी रहेको टहरामा र सैनामैना नगरपालिका-३ गंगानगर बस्ने ५२ वर्षीय कमल थापा सोही नगरपालिका-५ घमाहा खोलामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
दोलखा, भिमेश्वर नगरपालिका-८ बोच बस्ने ३८ वर्षीय ज्ञान बहादुर तामाङ आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
चितवन, भरतपुर महानगरपालिका-२६ सिसवारस्थित नारायणी नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खोलाले बगाई दुई जनाको मृत्यु
कञ्चनपुर, लालझाडी गाउँपालिका-५ देउवाटोल बस्ने नारायण चन्दकी छोरी १० वर्षीया चन्द्रा चन्दको सोही ठाउँस्थित मछली खोलाले बगाई शनिबार बिहान मृत्यु भएको छ । बाख्रा चराउन जानको लागि खोला तर्ने क्रममा बगाउँदा उनको मृत्यु भएको हो ।
बर्दिया, मधुबन नगरपालिका-२ खाता बस्ने २६ वर्षीया रबिना चौधरीको सोही ठाउँस्थित औरही खोलाले बगाई शनिबार दिउँसो मृत्यु भएको छ । राजापुर नगरपालिका-१० दमरा भन्ने स्थानमा बहिनीको घर जाने क्रममा उक्त खोलाले बगाएको भन्ने खबे प्राप्त हुनासाथ प्रहरी चौकी कोठियाघाटबाट खटिएको प्रहरीले उनको शव फेला पारेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
दाङ, तुलसीपुर उपमहानगरपालिका-६ बस्ने डिल्ली बहादुर बस्नेतको गणपती तेल मिलमा गएराति आगलागी हुँदा २ हजार ८ सय कार्टुन खाने तेल, दुई रोल अटोमेटिक दाल पिस्ने मेसिन पूर्ण रूपमा जलेर करिब १ करोड ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बाँके, नेपालगंज उपमहानगरपालिका-२ घरवारी टोलस्थित हिमानी सु-सेन्टर र बालाजु सु-सेन्टरमा गएराति आगलागी हुँदा दुवै पसलभित्र रहेका सम्पूर्ण जुत्ता जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
सप्तरी, राजबिराज नगरपालिका-१ राजदेवीस्थित कोशी पम्प चन्द्र नहर सिँचाई कार्यालयको पार्किङ स्थलमा पार्किङ गरि राखेको सोही कार्यालयको बा.१ झ ४५०७ नम्बरको गाडीमा ब्याट्रिको तार सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा गाडी र फाईबरको छानो भएको पार्किङ स्थल पूर्णरूपमा जलेर करिब ५० लाख ४० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
विभिन्न धनमाल चोरी
भुम्लु गाउँपालिका-९ ज्यामदी बस्ने पिताम्बर पराजुलीको घरमा केही नभएको अवस्थामा मुल ढोका फुटाई करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको सुनका विभिन्न गरगहनाहरू शुक्रबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।