बालेनले किन दिए सिंहदरबार जलाउने धम्की ?
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएको विषय चर्चामा रहेको छ । उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई चोरको संज्ञा दिँदै सिंहदरबार जलाउने धम्की दिएका हुन् ।
शनिबार राति उनले फेसबुकमा लेखेका छन्, ‘आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबार आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’
बालेन आक्रोशित हुनुको कारण उनकी श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको कारण खुल्न आएको छ । बिदाको दिन सरकारी गाडी तीव्रगतिमा चलाएपछि कोटेश्वर ट्राफिक प्रहरी वृतको टोलीले रोकेको थियो ।
शनिबार राति करिब ९ बजेतिर बालकुमारीबाट तीनकुनेतर्फ आउँदै गरेको सेतो नम्बर प्लेटको गाडीलाई कोटेश्वर ट्राफिक प्रहरीले रोकेको र बिदाको दिन सरकारी गाडी चलाउने अनुमति मागिएको थियो । गाडी मेयर बालेनको भएको बताएपछि २३ मिनेटपछि छोडिएको बुझिएको छ ।
ट्राफिक प्रहरीले भने नियमित चेकिङकै क्रममा रोकिएको बताएको छ । यो घटनापछि बालेनले यसको आक्रोश सामाजिक सञ्जालमा पोखेको बताइन्छ ।
यदि वास्तविकता यही हो भने मेयर साब को प्रतिक्रिया उचित भएन I