आइएमई पेमा साइन रेसुङ्गा विकास बैंकको मोबाइल बैंकिङबाट सिधै क्यास लोड गर्न सकिने
मकालु खबर
२०८० भदौ १७ गते
काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे मा अब साइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरूले सजिलै क्यास लोड गर्न सक्ने भएका छन् ।
विभिन्न वित्तीय संस्था सँग आबद्ध भई सेवाग्राहीहरूलाई विद्युतीय भुक्तानी सहज गराउने उद्देश्यका साथ आइएमई पेले साइन रेसुङ्गा विकास बैङ्कसँग सम्झौता गरेको हो । सो सम्झौता अन्तर्गत अब साइन रेसुङ्गा विकास बैङ्कका सेवाग्राहीहरूले बैंकको मोबाइल बैंकिङबाट सिधै आइएमई पेमा पैसा लोड गर्न सक्नेछन्।
‘आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास९लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।
मकालु खबर
२०८० भदौ १७ गते
प्रतिक्रिया
सम्बन्धित