महालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई विभिन्न संस्थाका सेवामा छुट
काठमाडौँ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न संस्थाहरूसँग सम्झौता गरेको छ ।
बैंकले स्वास्थ्य, श्रृगार, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरेका हो ।
सम्झौता पश्चात् बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । जनकपुरको नव जीवन अस्पतालको सेवामा १५ प्रतिशत, फार्मेसिमा ७ प्रतिशत , अन्य चेकजाँचमा २० प्रतिशत र हेल्थ प्याकेजहरूमा २ हजारसम्मको छुट रहेको छ । त्यस्तै मकवानपुरको क्राउन कलेक्सनमा १० प्रतिशत र भैरहवाको न्यु बिजी बिन्समा फुडमा १० प्रतिशत छुट गरेको छ ।
त्यस्तै मकवानपुरकै मनहरि हेयर एण्ड बियु्टी युनिक्स सलोनमा ब्युटी सर्भिसमा १० प्रतिशत छुट रहेको छ । त्यस्तै काठमाडौँको हुक हस्पिटालिटि प्राइभेट लिमिटेडमा १० प्रतिशत छुट गरेको छ ।
यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्तर गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।