कलश स्टक मार्केटबाट हुने कारोबारको रकम ई–सेवाबाटै भुक्तानी गर्ने सम्झौता

काठमाडौँ । कलश स्टक मार्केट प्रा।लि। ९ब्रोकर नं ७४० र ई सेवा बिच सेयर कारोबार भुक्तानी ई सेवा वाटै गर्न सकिने गरी सम्झौता भएको छ ।

यस अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा कलश स्टक मार्केट प्रा।लि।का कार्यकारी अध्यक्ष श्री शालिकराम अधिकारी र ईसेवाका प्रबन्धक श्री हेम घिमिरेलेले हस्ताक्षर गरी सो सेवा प्रारम्भ भएको घोषणा गरिएका हुन् ।

आफ्ना ग्राहकलाई प्रविधिमा आधारित नवीनतम सेवा सुविधा दिन प्रतिबद्ध कलश स्टक मार्केट र नेपालकै पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ई सेवा बिच भएको यस सम्झौताले शेयर लगानीकर्ताहरूलाई कलश स्टक मार्केटबाट गरेको सेयर कारोबारको सेटलमेन्ट गर्न थप सहज हुने भएको बताइएको छ ।
कलश स्टक मार्केटले आफ्ना ग्राहकहरूलाई विभिन्न अत्याधुनिक सुविधाका साथ ग्राहक मैत्री सेवा दिने प्रतिबद्धता जनाएको छ ।

यसका साथै विश्वसनीय अनलाइन सेवाका लागि ख्याति आर्जन गर्न सफल ई सेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् ।

यसै भरी देशभर रहेका दुई लाख भन्दा बढी एजेन्ट मार्फत अप्रत्यक्ष रूपमा डेढ करोड भन्दा बढी जनसङ्ख्याले सेवा लिइरहेका छन् । ई सेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *