सामसङले नेपालमा ५जी प्रविधि ल्याउँदै
काठमाडौँ । विश्वकै सबैभन्दा लोकप्रिय स्मार्टफोन ब्राण्ड सामसङले नेपालमा सामसङले ५जी प्रविधि सुरु गर्ने तयारी गरेको छ ।
कम्पनीले भर्खरै मात्र अत्यन्त सुलभ मूल्यको ५जी स्मार्टफोन सामसङ ग्यालेक्सी एम१४ ५जी बजारमा उपलब्ध पनि गराइसकेको बताएको छ । सामसङले हालै मात्र ५जीको लागि तयार उपकरणहरू उपलब्ध गराउन पूर्ण रूपमा तम्तयार रहेको र यी उपकरणहरूमा रहेको ५जी सुचारु गर्न नेटवर्क सञ्चालकहरूले ५जी शुरुवात्गर्ने दिनको पर्खाइमा रहेको जानकारी गराएको छ ।
सामसङले सन् २०२१ देखि नै ५जीको लागि तयार विभिन्न मूल्यका स्मार्टफोनहरू उपलब्ध गराउँदै आइरहेको छ ।
अहिले नेपालका टेलिकम कम्पनीहरूले ५ जी नेटवर्क सुरु गर्ने दिशामा कार्य गरिरहेका छन् । देशमा सञ्चालित सबै नेटवर्क सञ्चालकहरूले यो प्रविधिको व्यवसायीकरण गरेसंगैं प्रयोगकर्ताहरूले ५ जीको लागि तयार रहेको उपकरणहरूमा अन्ततः तीव्र गतिको इन्टरनेट सेवाको मज्जा लिन सक्ने कम्पनीले बताएको छ ।