चिरायु हस्पिटलद्वारा १ सय ३ वर्षीय वृद्धको सफल मिर्गौला पत्थरी शल्यक्रिया

काठमाडौँ । काठमाडौँको बसुन्धारामा रहेको चिरायु नेसनल हस्पिटलले १ सय ३ वर्षीय चन्द्र बहादुर खड्काको सफल मिर्गौला पत्थरी रोगको शल्यक्रिया गरेको छ।

चिरायु नेसनल हस्पिटलका कार्यकारी निर्देशक हिमाल राणाका अनुसार प्रा. डा.उत्तम कुमार शर्माको टिमद्वारा उनको सफल शल्यक्रिया गरिएको हो । उपचार पछि चन्द्र बहादुर घर फर्किएका छन् । उपचार सफल भएकोमा एकदमै खुसी लागेको उनले बताए ।चिरायु राष्ट्रिय अस्पतालले विभिन्न रोगहरूको सफल उपचार गर्दै आएको छ । पछिल्लो समय गुणस्तरीय अस्पतालको रूपमा चिनिन्छ ।

विशेषज्ञ डाक्टरहरूबाट छिटो छरितो तरिकाले चेकजाँच गर्न पाउने हुँदा पनि मानिसहरूको रोजाइमा पर्न सफल भएको निर्देशक राणा बताउँछन् । उनले कोभिड सङ्क्रमणका बेलामा पनि सर्वसुलभ र उत्कृष्ट सेवा दिँदै आएको बताए ।

उक्त समयमा अन्य अस्पतालमा अक्सिजन अभाव भएको भन्ने समाचार आइरहँदा हस्पिटलले उपत्यका बाहिरबाट ल्याएर भए पनि व्यवस्थापन गरी अक्सिजन अभाव हुन नदिएको बताए । उनले भने ‘अन्य अस्पतालमा अक्सिजन अभाव भएको भन्ने समाचार आइरहँदा हामीले उपत्यका बाहिरबाट ल्याएर भए पनि व्यवस्थापन गर्न सफल भयौँ ।’ कोभिड सङ्क्रमण तीव्र गीतमा फैलिरहेको र अस्पतालले धेरै पैसा असुली गरे भनेर समाचार आइरहेको बेलामा चिरायु अस्पताल उपत्यकाभित्रकै सबैभन्दा सस्तो अस्पताल भनेर चर्चा पाएको बताए ।

कोभिड महामारीको बेलामा मात्रै नभएर भूकम्पको बेलामा समेत अति प्रभावित क्षेत्रका बासिन्दाको उपचार निःशुल्क गर्नेदेखि लिएर राहत वितरण गर्नेसम्मको कामहरू हस्पिटलले गरेको उनले बताए ।

शल्यक्रियाको सफलतापछि खिचिएका तस्बिरहरू :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *