बिवाईडी शीर्ष १० अटोमोबाइल ब्रान्ड, २०२३ को पहिलो भागमा १२.५ लाख एनईभीएस बिक्री

काठमाडौँ । बिवाईडी विश्वको अग्रणी न्यू इनर्जी भेहिकल (एनइभि) निर्मात, मर्सिडीज–बेन्ज समूहले बिएमडब्लुलाई पछि पार्दै पहिलो पटक बक्रीको आधारमा विश्वका १० ठूला कार कम्पनीहरूमा सामेल भएको छ ।

बिवाईडीको विश्वव्यापी नयाँ गाडीको बिक्रीमा २०२३ को पहिलो ६ महिनामा ९६ प्रतिशतलेवृद्धि भएर १२.५ लाख एनईभीमा पुगेको हो । यसले १०औं स्थान प्राप्त गरेको छ ।

कम्पनीका अनुसार बिवाईडीले अगस्टमा रेकर्ड २७ लाख ४ हजार ३ सय ८६ सवारी साधनहरू बेचेर लगातार चौथो महिनाको लागि आफ्नो मासिक डेलिभरी रेकर्ड तोडेको छ।

बिवाईडीले आफ्नो पहिलो आधा–वर्षको रिपोर्ट जारी गरेको छ । जसमा २ सय ६० दशमलब १२ बिलियन युआन राजस्व देखिएको छ, जुन ७२ दशमलब ७२ प्रतिशतले बढेको हो ।

कम्पनीले अटो मेकिंग र सम्बन्धित व्यवसायहरूबाट राजस्व २ सय ८ दशमलब ८२ बिलियन युआन पुगेको र जुन वार्षिक रूपमा ९१ प्रतिशतले वृद्धि भएकोे बताएको छ ।

बिवाईडीको प्रगीतको श्रेय कम्पनीको उत्पादन नवाचार र औद्योतगक श्रृृंखलामा ठूलो लगानीलाई दिइएको छ।

कम्पनीका अनुसार अनुसन्धान र विकासमा १४ दशमलब २५ बिलियन युआन लगानी गरेको छ, जुन वार्षिक रूपमा १साय २० दशमलब २ प्रतिशतले वृद्धि भएकोे हो र यस अवधिको लागि आफ्नो नाफालाई पनी उछिनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *