नेपाल लाइफद्वारा दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सोलुखुम्बु जिल्लाको ४६३२ मि उचाइमा रहेका प्रसिद्ध धार्मिकस्थल दुधकुण्डमा तीर्थयात्रीका लागि सञ्चालन गरेको निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी टाक्सिन्दु उपशाखाको सहकार्यमा उक्त शिविर सञ्चालन गरिएको थियो । भाद्र ११ देखि १४ गतेसम्म शिविर सञ्चालन गरियो ।

उक्त शिविरबाट ४२२ जना भक्तजनहरू प्रत्यक्ष लाभान्वित भएका छन् । जसमा २१० जनाको स्वास्थ्य परीक्षण, १४६ जनालाई औषधि वितरण, ६४ जनालाई प्राथमिक उपचार र २ जनालाई एम्बुलेन्स सेवा प्रदान गरिएको थियो । कम्पनीका अनुसार स्वास्थ्यकर्मी र रेडक्रसकर्मीहरूले संयुक्त रूपमा शिविर सञ्चालन गरेका थिए ।

विशेषतः मेलाको बखत उच्च स्थान भएकाले टाउको दुख्ने, बान्ता हुने, शरीरका जोर्नी दुख्ने, श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण भएका बिरामीहरूको उपचार गरिएको थियो । अब आउने निकट भविष्यमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए ।

‘किनकि जीवन अमूल्य’ छ भन्ने मूल नारालाई आत्मसाथ गर्दै २२ वर्ष देखी नेपालीहरूको घर दैलोमा जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा प्रवाह गर्दै आएको जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०८० असार मसान्त सम्ममा लगानी रु। १७२ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमा कोष करिब १६३ अर्ब रुपैयाँ सञ्चित रहेको छ ।

कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना १ सय ९२ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *