तीजको अवसरमा नेपाल टेलिकमले ल्यायो टिकटक च्यालेन्ज
मकालु खबर
२०८० भदौ २५ गते
काठमाडौँ । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ ।
भाद्र २४ गतेदेखि प्रारम्भ भएको उक्त च्यालेन्ज आगामी असोज ७ गते सम्म सञ्चालन हुनेछ । विजेताहरूलाई नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको छ ।
कम्पनीका अनुसार सो च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने छन् ।
त्यसैगरी सान्त्वना पुरस्कारको रूपमा १० जना सहभागीलाई रु। ५ सयको टप अप प्रदान गरिने छ ।
नेपाली महिलाहरूको महान् चाड तीजलाई रमणीय बनाई नेपाल टेलिकमसँग जोडिन समेत प्रेरित गर्ने उद्देश्यले टिकटक च्यालेन्ज सञ्चालन गरिएको कम्पनीले बताएको छ । यसबाट तीज पर्व थप मनोरञ्जक बन्ने अपेक्षा गरिएको कम्पनीले बताएको छ ।
मकालु खबर
२०८० भदौ २५ गते
प्रतिक्रिया
सम्बन्धित