प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन

जनकपुरधाम । मधेश प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा)की केन्द्रीय सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ । ४४ वर्षीया यादवको बिहान करिब साढे ८ बजे निधन भएको हो ।

उनी दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । महोत्तरी घर भएकी उनलाई जसपाले समानुपातिक सांसद बनाएको थियो । सांसद यादवको निधनमा जसपाका नेताहरूले दु:ख व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *