सांग्रिला डेभलपमेन्ट बैंक र हिमाल डेन्टल हस्पिटल बिच डेन्टल सेवा प्रदान गर्ने सम्झौता
मकालु खबर
२०८० भदौ २६ गते
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटल बिच डेन्टल सेवा प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बैंकका ग्राहक तथा बैंकका कर्मचारीलाई विभिन्न किसिमका डेन्टल सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र हिमाल डेन्टल हस्पिटलको तर्फबाट निर्देशक डा।राजेन्द्र भट्टले हस्ताक्षर
गरेका छन् ।
सम्झौता अनुसार हिमाल डेन्टल हस्पिटलले बैंकका ग्राहक तथा कर्मचारीहरूलाई विभिन्न किसिमका ओ।पि।डि, सर्जरी, औषधी तथा दाँतसँग
सम्बन्धित सम्पूर्ण उपचारमा २० प्रतिशत छुट प्रदान गर्नेछ ।
उक्त बैकका कर्मचारी तथा ग्राहकहरूले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।
मकालु खबर
२०८० भदौ २६ गते
प्रतिक्रिया
सम्बन्धित