त्रिवि शिक्षण अस्पतालले भन्यो– नेम्वाङलाई ल्याउँदा कुनै चाल थिएन, आँखाको नानी फुलिसकेको थियो
मकालु खबर
२०८० भदौ २६ गते
काठमाठौं । त्रिवि शिक्षण अस्पतालले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई अस्पताल ल्याउँदा जीवनसम्बन्धी कुनै चाल नदेखिएको अवस्था रहेको बताएको छ ।
गए राति नेम्वाङलाई परिवारका सदस्यहरूले उपचारका लागि अस्पताल लगेका थिए ।
राति १ बजेर ५० मिनेटमा नेम्वाङलाई अस्पताल ल्याइएको निमित्त कार्यकारी निर्देशक डा. सन्तकुमार दासले विज्ञप्ति निकालेर उल्लेख गरेका छन् ।
‘चिकित्सकबाट जाँच गर्दा जीवनसम्बन्धी कुनै चाल नदेखिएको अवस्था थियो,’ उनले भनेका छन्, ‘त्यसबखत उहाँको आँखाको नानी फुलिसकेको र स्थिर रहेको थियो ।’
चिकित्सकले ३५ मिनेटसम्म सीपीआर गर्दा पनि जीवनसम्बन्धी कुनै संकेत नदेखिएपछि आज बिहान ३ बजे नेम्वाङलाई मृत घोषणा गरिएको निमित्त कार्यकारी निर्देशक दासले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ विज्ञप्तिः
मकालु खबर
२०८० भदौ २६ गते
प्रतिक्रिया
सम्बन्धित