स्पेनले हान्यो आधा दर्जन गोल

काठमाडौँ । युरो कप फुटबलको छनोट खेलमा स्पेनले फराकिलो जित निकालेको छ । आज विहान सकिएका खेलमा स्पेनले साइप्रसको पोस्टमा ६ गोल गरेको छ । स्पेनले पहिलो हाफमा २ गोल गरेको थियो भने दोस्रो हाफमा ४ गोल थपेको थियो । ४ गोल बैकल्पिक खेलाडीले गरेका हुन् ।

१८ औं मिनेटमा पाब्लो गाभीले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । मिकेल मेरिनोले ३३ औं मिनेटमा गोल गरेपछि पहिलो हाफमा २–० को अग्रता लियो । त्यसपछि ७० औं मिनेटमा जोसेलुले गोल गर्दै अग्रता तेब्बर बनाए । ७३ औं मिनेटमा फेरान टोरेसले गोल गरेपछि स्पेन ४–० ले अघि बढेको थियो । यसैगरी ७७ औं मिनेटमा एलेक्स बेनेनाले पाँचौं गोल गर्दा टोरेसले व्यक्तिगत दोस्रो र टिमका लागि छैटौं गोल गरे ।

यही समूहमा नर्वेले जर्जियमाथि २–१ को जित निकालेको छ । यो नतिजा पछि समूह एमा स्कटल्याण्ड १५ अंकका साथ शीर्ष स्थानमा रहँदा स्पेलन ९ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । नर्वे ७ अंकका साथ तेस्रो स्थानमा छ भने जर्जिया ४ अंकका साथ चौथो स्थानमा छ । साइप्रसले भने खाता खोलेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *