किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप निःशुल्क लगाइँदै (तस्बिरहरू)
मकालु खबर
२०८० भदौ २७ गते
काठमाडौँ । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ आजदेखि निःशुल्क लगाइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले काठमाडौँको थापाथलीस्थित प्रसूति अस्पतालबाट खोप अभियानको उद्घाटन गरेका हुन् ।
एचपीभी खोप हालका लागि १४ वर्ष पूरा भएका र १५ वर्ष नकटेका किशोरीलाई मात्रै दिइँदैन । खोप लगाउनका लागि आफ्नो उमेर खुल्ने परिचय पत्र अनिवार्य गरिएको छ ।
यो खोपको दुई मात्रा लगाउनुपर्ने हुन्छ । खोप बिहान ९ बजे बाट ४ बजे सम्म लगाइने छ ।
मकालु खबर
२०८० भदौ २७ गते
प्रतिक्रिया
सम्बन्धित