ढाकाकुमार श्रेष्ठबारे भ्रम फैलाएको आरोपमा पोखरामा एकजना पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद डा। ढाकाकुमार श्रेष्ठबारे सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

स्याङ्जा आँधीखोला गाउँपालिका ५, ठूलीबराहका ३५ वर्षीय सुर्यबहादुर रेग्मीलाई पक्राउ गरेको हो।

रेग्मीले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा गलत सूचना सम्प्रेषण गरेपछि श्रेष्ठले उजुरी दिएका थिए।

सोही उजुरीका आधारमा रेग्मीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

पक्राउ परेका रेग्मीलाई विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसुर अन्तर्गत अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *