तीजको ‘डान्स’ हेरेका सशस्त्र जवान राति महिला दैलोमा पुगेपछि…

काठमाडौँ । कैलालीमा एक सशस्त्र प्रहरीले उपद्रो मच्चाएको पाइएको छ । मंगलबार राति सशस्त्र प्रहरीका जवान पर्शु मगरले उपद्रो मच्चाएका हुन् ।

मदिरा सेवन गरेका मगर त्यो राति चुरे गाउँपालिका वडा नम्बर ४ बालुवागडामा एक महिलाको घर पुगेका हुन् । उनी रातिको समयमा एक्लै बस्ने महिलाको घरमा पसेका थिए । मगरको चितवन दरबन्दी रहेकोमा उनी बिदामा घर आएको बताइएको छ ।

प्रहरीका अनुसार मगरले तीजको डान्स कार्यक्रम सकेर घर गएकी महिलाको पछि लागेर ‘रोमान्स’ गर्ने भन्दै ढोका खोल्न दबाब दिएका थिए । त्यसपछि महिलाले आफन्तलाई बोलाएपछि मगर त्यहाँबाट भागेका थिए । पछि प्रहरीमा निवेदन परेकोमा उनीहरू दुवैको मिलापत्र भएको छ । इलाका प्रहरी कार्यालय चौमालामा उनीहरूको मिलापत्र भएको हो ।

इन्चार्ज सई रामसिंह बोहराले ल्याएर दुवै जनाको सहमतिमा मिलापत्र गराइएको जानकारी दिए । मिलापत्रका लागि सशस्त्र जवानले माफी मागेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *