सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिकको शेयर निष्कासनका लागि प्रभु क्यापिटल निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त

काठमाडौँ । सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडले स्थानीयवासी तथा सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने कार्यका लागि प्रभुक्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०८० भाद्र २७ गते बुधवार सम्पन्न भयो ।

सम्झौतामा सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक श्री सुकुन्त लाल हिराचन तथा प्रभुक्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री आशिष गौचनले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *