गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गर्नुपर्छ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गरेमात्रै देश अस्थिरताबाट जोगिने बताए । मंगलबार काठमाडौँको शोभा भगवतीमा गणेशमान सिंह को २६ औँ स्मृति दिवसको अवसरमा उहाँको सालिकमा माल्यार्पण गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकार गठन हुँदा भएको दलहरुबीचको समझदारीलाई नै सबै दलले कार्यान्वयन गरेर जाँदा उपयुक्त हुने बताए । उनले समाजमा रहेका कमी कमजोरी र असन्तुष्टिलाई समेट्न सकिने माध्यम पनि समझदारी कार्यान्वयन भएको बताए । पार्टीभित्र काँग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने धारणा आएपनि व्यक्तिगत कुरामा भन्दा केन्द्रीय समितिले गरेको निर्णय आधिकारिक हुने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *