पुलिस रिपोर्ट सम्बन्धी बन्यो नयाँ व्यवस्था
मकालु खबर
२०८० असोज २ गते
काठमाडौँ । ‘प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका’ नयाँ बनेको छ । सोमबार राजपत्रमा प्रकाशित निर्देशिका अनुसार अब चारित्रिक प्रमाणपत्र लिने व्यक्तिको अभियोग वा कसुर चारित्रिक प्रमाणपत्रमा उल्लेख हुनेछैन ।
साथै अनलाइन आवेदन दिएको पाँच कार्यदिनभित्रै प्रमाणपत्र पाउने कुरा समेत निर्देशिकामा उल्लेख छ ।
कुनै फौजदारी अभियोगमा सफाइ पाएको, मुद्दा चलिरहेको, मुद्दा बिचाराधीन रहेको, मुद्दा फिर्ता लिइएको वा कसुर भुक्तान भैसकेको भएपनि अभियोग वा कसुर उल्लेख नगरी चारित्रिक प्रमाणपत्र दिईने निर्देशिकामा उल्लेख छ । यस्तै साथै एक वर्षभन्दा कम सजाय हुने अपराधमा परेकाले पनि अब प्रहरी रिपोर्ट पाउने भएका छन् ।
यसअघि अभियोगमा मुद्दा चलिरहेको वा कसुर भुक्तान गरिसकेको भएपनि प्रमाणपत्रमा अभियोग वा कसुरको विषय उल्लेख हुँदा धेरै नागरिकलाई मर्का परेको थियो ।
मकालु खबर
२०८० असोज २ गते
प्रतिक्रिया
सम्बन्धित