भैँसी बलात्कार गरेको आरोपमा एक झापाली पक्राउ

काठमाडौं । भैँसी करणी (बलात्कार) गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

मोरङको पथरी शनिश्चरे नगरपालिका २ को जङ्गलमा भैँसी बलात्कार गर्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको बताइएको छ ।

उक्त व्यक्ति झापा जिल्लाको रहेको बुझिएको छ ।

मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद – १८ करणी सम्बन्धी कसुरको व्यवस्था गरिएको छ । ऐनको दफा २२७ मा पशु करणी गर्न नहुने उल्लेख गरिएको छ । सोही दफाको उपदफा एकमा कसैले पनि पशु करणी गर्नु वा गराउनु हुँदैन भनी उल्लेख गरिएको छ ।

त्यस्तै सोही दफाको उपदफा २ मा भनिएको छ–उपदफा ९१० बमोजिमको कसुर गर्ने व्यक्तिलाई गाईको करणी गरे वा गराएको भए दुई वर्षसम्म कैद र बिस हजार रुपैयाँसम्म जरिबाना र अन्य पशु करणी गरे वा गराएको भए एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *