अनेक खाले शक्तिहरू संविधानविरुद्ध लागिपरेका छन् : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले नयाँ संविधान जारी भएपछि मुलुकको राज्य संरचना र शासन सत्तामा ठुलो परिवर्तन तथा सुधार भएको बताएका छन् ।
संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले अहिले पनि अनेक खाले शक्तिहरू दृश्य वा अदृश्य रूपमा संविधान विरुद्ध लागिरहेको ले सतर्क रहनुपर्ने बताए । प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्नु संविधानको उपलब्धि हो, उनले सन्देशमा भनेका छन् ।
नेपालले सन्देशमा भनेका छ- संविधानद्वारा प्रत्याभूत गरिएका नागरिकका मौलिक हकहरुको कार्यान्वयन एवम् संविधानकै आधारमा जनतामा जागृत समृद्धिको जनचाहना पुरा गर्न हाम्रो पार्टी प्रतिबद्ध छ र हामी यसमा निष्ठापूर्वक लागिरहने छौ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु ।