क्यानको अधिवेशनमा मतदान सुरु, पारस र प्रशान्त आमनेसामने (तस्बिरसहित)
मकालु खबर
२०८० असोज ६ गते
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदान सुरु भएको छ ।
सचिव, प्रदेश सदस्य खुला सदस्यका लागि मतदान सुरु भएको हो ।
अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन भइसकेका छन् ।
सचिव पदमा पूर्व कप्तान पारस खड्का र प्रशान्त विक्रम मल्ल आमने सामने छन् । उता ५ वटा प्रदेश सदस्य पदका लागि १० जना उम्मेदवार चुनावी मैदानमा छन् ।
त्यस्तै पाँच प्रदेशबाट चयन हुने एक/एक जना सदस्यका लागि कुल १० जनाको उम्मेदवारी परेको छ । भने खुलातर्फका ५ जनाका लागि १३ जनाको उम्मेदवारी परेको छ ।
क्यानको महिला सदस्य तर्फ जयन्तीदेवि भट्ट, कर्णालीबाट प्रतिनिधित्व गर्ने सदस्यमा श्रीधर केसी र लुम्बिनीबाट प्रदीप मजगैया निर्विरोध चयन भएका छन् ।
तस्बिरहरू:
मकालु खबर
२०८० असोज ६ गते
प्रतिक्रिया
सम्बन्धित