होण्डाको ‘दसैँमा दश लाख’ योजना सार्वजनिक
काठमाडौँ । होण्डा टु व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘दसैँमा दश लाख’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।
यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख नगद जित्न सक्नेछन् । साथै ‘चुज योर स्किम’ अन्तर्गत ग्राहकहरूले १० हजारसम्मको थप स्क्रयाच कार्ड पाउन सक्नेछन् वा १२ हजार ५०० बराबरको ५ वर्षे एएमसि प्याकेज पाउन सक्नेछन् ।
कम्पनीले ग्राहकहरूलाई अझ आकर्षक योजना प्रदान गर्ने उद्देश्यले रु। १ फाइनान्स योजनामा पनि यो ‘दसैँमा दश लाख’ योजना उपलब्ध गराइरहेको बताएको छ । यसका साथै होण्डा बिग बाइकको खरिदमा लाख सम्मको आकर्षक छुट पनि उपलब्ध हुनेछ ।
यस योजना सीमित अवधिकोलागि मात्र लागू गरिएको छ । नेपालमा सर्वाधिक रुचाइएकोहोण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले बताएको छ ।