सरकारसंग सहकार्य गर्दै ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा क्षयरोग उपचार डट्स केन्द्र स्थापना

काठमाडौँ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा क्षयरोग उपचार डट्स केन्द्र स्थापना भएको छ ।

केन्द्रको सोमवार राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठ र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद बिजुक्छेले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

क्षयरोगीहरूको सहजै निःशुल्क उपचार गर्ने उद्देश्यका साथ डट्स केन्द्र स्थापना गरिएको अस्पतालले जनाएको छ । केन्द्रबाट क्षयरोगको उच्च जोखिममा रहेका बिरामीको उपचार तथा निःशुल्क औषधि वितरण हुनेछ ।

ग्राण्डी इन्टरनेशनल हस्पिटलका अस्पतालका मार्केटिङ विभाग प्रमुख भास्करकुमार दासले सरकारको प्राथमिक उपचार प्रणालीसँग सहकार्य गर्दै क्षयरोगीहरूको सहजै निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको बताए ।

अस्पतालले बिरामीको लागि फाइदाजनक कुराहरूमा अस्पताल सधैँ सकारात्मक रहेको र आगामी दिनहरूमा पनि सरकारका स्वास्थ्य लक्षित कार्यक्रममा सहकार्य गर्दै जाने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *