उपमेयर डंगोलले भेटिन् अभियन्ता ईः

काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अभियन्ता ईशान श्रेष्ठ ‘ईः’लाई भेटेकी छन् । प्रदर्शन गरिरहेका ईः लाई भेट्न डंगोल सोमबार बिहान प्रदर्शन गरिरहेको ठाउँमा पुगेकी हुन् ।

अभियन्ता ईःका अनुसार डंगोलले आफ्नो स्वास्थ्यबारे चासो लिँदै सुस्वास्थ्यको कामना गरेकी थिइन् । ‘उहाँले सहानुभूतिपूर्ण शासनप्रति प्रतिबद्ध रहेको र सडक व्यवसायीहरूका लागि वैकल्पिक व्यवस्थाको नीति तयार गर्न सक्दो प्रयास गर्ने बताउनुभयो,’ उनले भनेका छन् ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई चुनावी वाचा सम्झाउन ईः आठ दिनदेखि राष्ट्रिय सभागृह अगाडि उभिइरहेका छन् । सोमबार वार्ताको विषयमा मेयर शाह र ईःको विषयमा विवाद देखिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *