‘वान बाई मेटलाइफ मेला’ मा ग्राहकसेवालाई प्रतिबद्धता गर्दै मेटलाइफ

काठमाडौँ । मेटलाइफ नेपालले आफ्ना सबै एजेन्टहरूका लागि ‘वन बाइ मेटलाइफ मेला’ आयोजना गरेको थियो । जसमा ग्राहकहरूलाई सेवा दिने र उनीहरूलाई स्वस्थ, लामो जीवन जिउन मद्दत गर्ने साझा प्रतिबद्धतालाई गरेको छ ।

कम्पनीले मेटलाइफ नेपालले नेपालीहरूका लागि डिजिटल बीमा र स्वास्थ्य सेवा ल्याएको छ । जुन पहिले कहिल्यै थिएन । एजेन्टहरूका लागि मेटलाइफले मेलामा एपका बारेमा प्रत्यक्ष प्रदर्शनहरू, सुविधाहरूका ब्रिफिङ, र ह्यान्ड–अन सत्रहरूको बारेमा जानकारी प्राप्त गराएको थियो ।

एपको प्राथमिक उद्देश्य परिवर्तनकारी सुविधाहरूको बारेमा समर्पित एजेन्टहरूलाई सशक्त र शिक्षित गर्नु रहेको कम्पनीले बताएको छ ।

यस कार्यक्रमले मेटलाइफ नेपालले आफ्ना एजेन्टहरूको व्यावसायिक विकास र ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने क्षमतालाई पनि जोड दिएको बताएको छ ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने ‘मेटलाइफले रमाइलो सिकाइ अनुभवहरूको शक्तिमा विश्वास गर्दछ, त्यसैले हामीले यस मेलामा आवश्यक ज्ञानहरू सहित रमाइलो गतिविधिहरू मिसाएका छौँ । उत्कृष्ट प्रविधि र हाम्रो सक्रिय टोलीलाई सँगै ल्याएर, हामी हाम्रा ग्राहकहरूलाई लामो समयसम्म स्वस्थ बाँच्न र थप आत्मविश्वासी भविष्य निर्माण गर्नका लागि कदम चाल्न प्रेरित गर्ने आशा गर्छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *