राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच बैंकिङ्ग तालिम सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेड बीच बैंकिङ्ग तालिम संचालन गर्ने सम्बन्धी बुधवार सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता भएपश्चात गत वर्ष चालू आव २०७७/०७८ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरूको कार्यदक्षता अभिवृद्धिको लागि नेशनल बैंकिङ्ग इन्स्टिच्युटले विभिन्न विषयमा नियमित रूपमा बैंकिङ्ग तालिम प्रदान गर्ने छ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले लिएको उद्देश्य हासिल गर्नको लागि नियमित रूपमा कर्मचारीहरूलाई तालिम दिँदै आएको बताउँदै तालिमले तालिम लिने व्यक्ति र संस्था दुवैको कार्यदक्षता वृद्धि हुने अपेक्षा राखेको बताए ।

इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत लम्सालले बैंकिङ्ग क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीलाई प्राथमिकताका साथ तालिम दिने गरेको बताउँदै तालिमले संस्थाको उत्पादकत्वमा वृद्धि गर्ने धारणा राखे ।

उक्त अवसरमा बैंकका उपकार्यकारी अधिकृत सरस्वती अधिकारी, कम्पनी सचिव भोलानाथ पौडेल, नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका तर्फबाट हेड अफ प्रोग्राम धन थापा, प्रोग्राम म्यानेजर दर्पण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

बैंकको हाल सातै ओटा प्रदेशका ७७ ओटा जिल्लामा २४१ ओटा शाखा कार्यालय, २०५ ओटा एटीएम र ९३ ओटा शाखारहित बैंकिङ्ग रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *