तेक्वान्दोमा १० खेलाडीको चुनौती सकियो, एकको प्रतिस्पर्धा बाँकी
मकालु खबर
२०८० असोज १० गते
काठमाडौँ । तेक्वान्दोमा नेपालबाट ११ खेलाडी सहभागी भएकोमा बुधबारसम्म १० खेलाडीको चुनौती सकिसकेको छ । बुधवार ३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
नेपालका अभिषेक बराल पुरुष ८० केजीको अन्तिम ३२ मा अफगानिस्तानका ओमिद साहाकसँग २–० ले पराजित भए । अभिषेक साहकसँग पहिलो चरणमा ११–१ र दोस्रो चरणमा १५–२ ले पछि परे ।
पुरुष ६८ केजीमुनि वीरबहादुर महारा अन्तिम १६ मा चाइनिज ताइपेईका यी जुई चिउसँग २–० ले नै पराजित भए । पहिलो चरणमा १०–० ले पछि परेका वीरले दोस्रो चरणमा केही सुधार गरेपनि १२–८ ले पछि परे ।
महिला ६७ केजीमुनि इन्दिरा बस्नेत अन्तिम १६ इरानकी मेलिका मिरहोसेनी भाकिली २–० ले निराश भइन् । उनी १४–१ र ९–० ले पराजित भइन् ।
अब एक खेलाडीको स्पर्धा बाँकी छ । पुरुष ८० केजीमा ज्याकी यादवले बिहीबार जोर्डनका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् ।
मकालु खबर
२०८० असोज १० गते
प्रतिक्रिया
सम्बन्धित