साब्जे लेकमा सार्वजनिक गरियो ‘मनाब भ्याली वाइन’

काठमाडौं । मनाबका लोकल किसानहरूद्वारा उत्पादित स्याउबाट बनेको मनाब भ्याली वाइन नेपाली बजारमा सार्वजनिक भएको छ ।

कलाकार स्वस्तिमा खड्का लगायत अन्य पत्रकारहरूको उपस्थितिमा मनाब भ्याली वाइन सार्वजनिक गरिएको हो । अहिलेसम्म काठमाडौँ उपत्यकामा मात्र लन्च हुने गरेकोमा मनाब बेभरेजले भने ३ हजार ५ सय मिटरको उचाइमा रहेको साब्जे लेकमा पत्रकारहरूलाई निमन्त्रणा गर्दै आफ्नो नयाँ वाइन सार्वजनिक गरेको हो ।

यो अहिलेसम्मकै सबैभन्दा बढी उचाइमा सार्वजनिक गरिएको उत्पादन हो ।

लन्चमा बोल्दै मनाब बेभरेजका डाइरेक्टर श्री आश्रय रंजितकारले भने ‘हिमालयको शुद्धता र मौलिकपनाबाट प्रभावित भएर हामीले मनाब भ्याली वाइन बजारमा ल्याएका छौँ । स्थानीय स्तरमा उत्पादित स्याउहरूबाट अत्यधिक प्रविधि प्रयोग गरी तयार गरिएको मनाब भ्याली वाइन तपाईँहरू माझ ल्याउन पाउँदा हामी उत्साहित छौँ । विदेशी वाइन चाख्ने बानी परेका नेपाली उपभोक्ताहरूले नेपाली स्वादको वाइन पक्कै पनि मन पराउनुहुनेछ भन्ने हामीलाई
विश्वास छ ।’

प्रकृति र संस्कृतिको कलात्मक सम्मिश्रणले सजीसजाउ मनाब भ्यालीमा स्थानीय किसानहरूद्वारा उत्पादित स्याउबाट बनेको मनाब भ्याली वाइनको स्वाद पनि उत्तिकै बेजोड रहेको कम्पनीले जानकारी दिएको छ । मनाब भ्याली वाइनले पर्यटकीय गन्तव्यको रुपमा मात्र चिनिएको मनाब भ्यालीलाई एउटा अलग पहिचान प्रदान गर्दै मनाबको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान गर्ने कम्पनीको दाबी छ । मनाब भ्याली वाइनको आगमनले स्थानीय रुपमा उत्पादित सामाग्रीहरूको प्रयोगबाट नै विश्वस्तरीय उत्पादन बनाउन सकिन्छ भन्ने कुराको पनि उत्कृष्ट उदाहरण दिएको छ ।

त्यस्तै स्वस्तिमा खड्काले भनिन् ‘मनाब भ्याली वाइन वास्तवमै गज्जब स्वादको छ । यसको हरेक सिपमा हिमालयको शुद्धता र मौलिकपनाको आभास हुन्छ । विदेशी वाइनहरूले प्रभुत्व जमाउँदै गरेको अहिलेको अवस्थामा मनाब भ्याली वाइनको यस स्तरको नेपाली वाइन आउनु नेपाली अर्थतन्त्रकै लागि गर्वको कुरा हो ।’

मनाब भ्याली वाइन व्हाइट कलरमा स्विट र सेमी स्विट भर्सनमा उपलब्ध छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *