न्यूक्यासलसँग पराजित म्यानचेस्टर सिटी ईएफएल कपबाट बाहिरियो

काठमाडौँ । म्यानचेस्टर सिटी ईएफएल कपबाट बाहिरिएको छ । गएराती सम्पन्न तेस्रो चरणको खेलमा न्यूक्यासल युनाइटेडसँग १-० गोल अन्तरले पराजित भएसँगै सिटी प्रतियोगीताबाट बाहिरिएको हो ।

न्यूक्यासल युनाइटेडको जितमा खेलको ५३औं मिनेटमा एलेक्जेन्डर इसाकले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

अब न्यूक्यासलले इएफएल कपको चौथो चरणमा म्यानचेस्टर युनाइटेडको सामना गर्ने भएको छ । त्यस्तै चेल्सी, लिभरपुल, आर्सनल, एभर्टन पनि ईएफएल कपकप चौथो चरणमा पुगेका छन् ।

चौथो चरणमा लिभरपुलले बोर्नमाउथको, आर्सनलले वेस्टह्याम युनाइटेडको, चेल्सीले ब्ल्याकबर्न रोभर्सको सामना गर्ने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *